Bible Study: FrontPage




 

रोमी, Chapter 7

Bible Study - रोमी 7 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. भाइहरू हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्‍‌नेहरूसित बोलिरहेको छु), जबसम्म मानिस जीवित हुन्छ तबसम्म ऊमाथि व्यवस्थाको अधिकार हुन्छ।
  
2. एउटी विवाहित स्त्री उसको पति बाँचुन्जेल कानूनले बँाधिएकी हुन्छे तर पति मर्‍यो भने पतिसम्बन्धी कानूनबाट ऊ मुक्त हुन्छे।
  
3. यसैगरी पति हुँदाहुँदै उसले अर्को पुरुषसँग विवाह गरी भने ऊ व्यभिचारिणी हुन्छे। तर पति मरिसकेपछि ऊ त्यस कानूनबाट मुक्त हुन्छे र अर्को पुरुषसँग विवाह गरी भने पनि व्यभिचारिणी हुँदिनँ।
  
4. यसकारण मेरा भाइहरू हो, परमेश्वरको निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबाट पुनर्जीवित हुनुभएको छ, उहाँका हुनलाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ।
  
5. किनकि हामी शरीरमा हुँदा व्यवस्थाले जगाएको पापमय तीव्र इच्छाहरूले मृत्युको फल फलाउनलाई हाम्रा शरीरका अङ्गहरूमा काम गर्थे।
  
6. तर हामीलाई बन्धनमा राख्‍‌ने व्यवस्थाको निमित्त मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं र हाम्रो पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं।
  
7. त्यसो भए, हामीले के भन्‍‌ने त? के व्यवस्था पाप हो? यसो कहिल्यै नहोस् ! बरु व्यवस्थाबिना मैले पाप थाहा पाउने थिइनँ, किनकि ‘‘तैँले लोभ नगर’’ भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु पाप हो भनी मलाई जानकारी हुनेथिएन ।
  
8. तर पापले यस व्यवस्थाबाट फाइदा उठाएर मभित्र नाना प्रकारका लोभ उत्पन्‍‌न गरायो, किनकि व्यवस्थाबिना पाप मरेको हुन्छ।
  
9. एकपल्ट म व्यवस्थाबिना जीवित थिएँ तर जब आज्ञा आयो तब पाप जीवित भयो र म मरेँ।
  
10. अनि यो आज्ञा जसले जीवन दिनुपर्थ्यो, मेरोनिम्ति मृत्यु साबित भयो।
  
11. किनकि पापले आज्ञाबाट फाइदा उठाएर मलाई छल्यो र त्यसद्वारा मलाई मार्‍यो।
  
12. त्यसो भए तापनि व्यवस्था पवित्र छ र आज्ञा पवित्र, धार्मिक र असल छ।
  
13. त के जे असल छ, त्यसले मेरोनिम्ति मृत्यु ल्याएको हो त? कदापि होइन ! तर पाप पापकै रूपमा देखियोस् भनेर असल कुराद्वारा पापले ममा मृत्यु उत्पन्‍‌न गराइरहेछ, यसैले कि आज्ञाद्वारा पाप सम्पूर्णरूपले पापमय बनोस्।
  
14. किनकि हामी जान्दछौं, व्यवस्था आत्मिक हो तर म शारीरिक छु, किनकि म पापको दासत्वमा बेचिएको छु।
  
15. किनकि म जे गर्छु, त्यो म बुझ्दिनँ, किनभने म जे गर्न चाहन्छु त्यो गर्दिनँ तर जे म घृणा गर्छु, त्यही गर्छु।
  
16. तर यदि म आफूले नचाहेको कुरा गर्छु भने व्यवस्था असल छ भनी म त्यससँग सहमत हुन्छु।
  
17. यसैले अब त्यो गर्ने म होइनँ तर मभित्र वास गर्ने पाप हो।
  
18. किनकि मलाई थाहा छ कि ममा अर्थात् मेरो शरीरमा केही असल कुराले वास गर्दैन, किनभने असल गर्ने इच्छा मभित्र छ तर म असल गर्न सक्दिनँ।
  
19. किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ तर खराब काम जो म गर्न चाहन्‍‌नँ, त्यही म गर्छु।
  
20. तर यदि म गर्न नचाहेको कुरा गर्छु भने त्यो गर्ने म होइन तर मभित्र वास गर्ने पाप हो।
  
21. यसकारण असल गर्ने इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदो रहेछ भन्‍‌ने नियम म पत्तो लाउँछु।
  
22. किनकि मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा म आनन्दित हुन्छु।
  
23. तर मेरा शरीरका अङ्गहरूमा म एउटा भिन्‍‌नै नियम देख्छु, जसले मेरो मनको नियमसँग सङ्घर्ष गर्दछ र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्छ।
  
24. हाय, म कस्तो दु: खी मानिस ! यस मृत्युको शरीरबाट कसले मलाई छुटकारा देला ?
  
25. ख्रीष्ट येशू हाम्रा प्रभुद्वारा परमेश्वरलाई धन्यवाद होस्। यसैले मनले त म परमेश्वरको व्यवस्थाको सेवा गर्दछु, तर शरीरले पापको व्यवस्थाको सेवा गर्दछु।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES